समाचार

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

१९ बैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । गायिका अधिकारीकाे गएराति ८४ वर्षको उमेरमा निधन भएको हो ।

रानुदेवी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनीसमेत हुन । उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।उनले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन । रानुदेवीको जन्म १९३६ नोभेम्बर २७ मा वीरगञ्जज भएको थियो । उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ ।मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ । सैद्धान्तिक सहमतिका लागि दुई दिनअघि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले पेट्रोलियम ऐन पुरानो भएकाले छुट्टै पेट्रोलियम पदार्थको कारोबार ऐन ल्याउने पहल गरिएको हो । पेट्रोलियम पदार्थको कारोबारलाई नयाँ ढङ्गले समय सान्दर्भिक बनाएर सहजता कायम गर्न कारोबार ऐन ल्याउने तयारी गरिएको केसीको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Related Articles

Back to top button
Close