समाचार

यस्तो छ इरफान खानको जीवन–कथा

‘मेरो दिमाग अक्सर मलाई भन्छ कि, ‘मलाई यो विमार छ र म केही महिनामा, एक वा दुई बर्षपछि मर्नेछु ।’ म आफ्नो दिमागले भनेको कुरा पुरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छ, जसमा मलाई जिन्दगीले जीउनका लागि बाटो खुला गरिदिएको छ । र, मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि, चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ?’

‘तपाई सोच्न छाड्नुहोस्, योजना बनाउन छाड्नुहोस् । तब तपाईले जिन्दगीको अर्को रुप अनुभूत गर्न पाउनुहुनेछ । यही कारण मलाई लाग्छ कि मसँग अर्को कुनै शब्द छैन, सिवाय ‘धन्यवाद ।’ कुनै अर्को शब्द छैन । कुनै माग छैन । कुनै दोस्रो अनुरोध पनि छैन ।’

आफुलाई निकै घातक एवं दुर्लभ क्यान्सर भएको थाहा भएपछि भारतिय अभिनेता इरफान खानले लन्डनको एक अस्पतालबाट एसोसिएटेड प्रेससँग कुराकानी गर्दै यसै भनेका थिए । क्यान्सरको उपचारपछि उनी आफ्नो लयमा फर्कने सुरसार गरिरहँदा सर्वत्र खबर फैलियो, इरफानको निधन ।

इरफान खान बलिउडका उम्दा अभिनेता हुन् । उनले बलिउडमा जुन उचाई लिएका छन्, त्यो आफैमा लोभलाग्दो छ । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए । सन् १९६७ जनवरी ७ मा ।इरफानका पिता साहबजादा यासीन अली खान उद्यमी थिए । आमा गृहणी । उनका दुई भाई छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् ।

उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य बिद्यालयमै आवद्ध थिइन् । उनीहरुको कोखबाट दुई छोरो जन्मिए, अयान खान र बबिल खान ।

Related Articles

Back to top button
Close