समाचार

थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

मगंलबारसम्म कोरोना भाइरसबाट ३० हजार बढि मानिस संक्रमित पुष्टि भएको छ।विश्वव्यापी यो महामारीमा हालसम्म भारतमा मात्र एक हजार बढीको ज्यान गइसकेको छ।

राज्यका स्वास्थ्य विभागहरुको तथ्यांक अनुसार भारतभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ३२९ पुगेको छ भने १ हजार ७ जनाको मृत्यु भएको छ।मंगलबार मात्रै ७४ जनाको ज्यान गएको छ। यो संख्या दैनिकी ज्यान गुमाउने संख्यामा हालसम्मकै उच्च हो।

Related Articles

Back to top button
Close