समाचार

निर्माणाधीन भवन अनुगमनमा हिँडेका वडा अध्यक्षको मृत्यु

धनुषा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष युवराज उप्रेतीको मंगलबार अनुगमनको क्रममा हृदयघात भएर मृत्यु भएको छ ।मेयर र उपमेयरसँगै विकास निर्माण कार्य निरीक्षण/अनुगमनमा गएका वडाध्यक्ष उप्रेती एकाएक ढलेपछि मृत्यु भएको जनाइएको छ ।

५५ वर्षीय उप्रेती निर्माणाधिन भवनको अवलोकन गर्न गएको समयम अचानक हृदयघात भएर भुइँमा ढलेका थिए । बेहोस भएलगत्तै उनलाई उपचारको लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको जनाइएको छ ।

मिथिला नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेतका अनुसार कार्य अनुमगनको क्रममा कुरा गर्दागर्दै उप्रेती ढलेका थिए । उनको मंगलबार करिब ५ बजेतिर नै मृत्यु भएको बस्नेतले बताइन् ।मिथिला नगरपालिकाको पोखरियास्थित सहरी विकास बोर्डबाट दिएको योजना अनुगमनमा जाँदा उनको मृत्यु भएको बुझिएको छ ।

वडाध्यक्ष उप्रेतीले नगर प्रमुख हरिनारायण महतोलाई फोन गरी अनुमगनको लागि बोलाएका थिए । मेयर, उमेयरसहित अन्य पदाधिकारीहरु पनि अनुमगनको लागि एकैसाथ गएका थिए । वड़ा अध्यक्षको मृत्यु भएपछि एहिले वडावासी दुःखी र शोकाकुल बनेका छन् ।

Related Articles

Back to top button
Close