समाचार

रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि

१६ वैशाख । रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिनभुयो ।उहाँका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडाैँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उहाँले बताउनुभयो ।

Related Articles

Back to top button
Close