समाचार

लकडाउनको मौका छोपी बढी मूल्य लिने भाटभटेनीलाई ३ लाख ज’रिबाना

भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तो’किएको भन्दा धेरै लिएको भन्दै सरकारले ज’रिबाना गरेको छ। बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएको थियो। विभागले भाटभटेनीलाई ३ लाख ज’रिबाना गरिएको जानकारी दिएको छ।

लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जा’री राखेको छ। उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई ती’व्रता दिइएको विभागले जानकारी दिएको छ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार भाटभटेनी सुपरमार्केट टंगालले उपभाेग्य सामानमा एम.आर.पी. भन्दा वढीमूल्य लिइ बिक्रीगरेकाे पाइएकाले उपभोक्ता सं’रक्षण ऐ’न २०७५को१६(२)(क)बमाेजिम काम गरेकोले३८(ङ) काे क’सुरमा ३९ (१)(ख) वमोजिम रु ३ लाख ज’रिवाना गरिएको हो ।

Related Articles

Back to top button
Close