समाचार

‘चीनको वुहानमा अब एकजना पनि कोरोना संक्रमित छैनन्’

कोभिड-१९ सुरु भएको चिनियाँ सहर वुहानका कुनै पनि अस्पतालमा अब कोरोना संक्रमित बिरामी छैनन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भइसकेको आइतबार बताएका छन् । अप्रिल २६ सम्ममा सबै संक्रमित अस्पतालबाट उपचारपछि घर फर्किएका हुन् ।

‘वुहानमा कोरोनाका बिरामीको स.ख्या अब शुन्य छ । वुहान र देशभरका मेडिकल स्टाफहरुको प्रयासका लागि धन्यवाद,’ राष्ट्रिय स्वासथ्य आयोगका प्रवक्ता मिन फेंगले पत्रकारहरुसँग बताए ।

वुहान सहरमा कोरोना संक्रमित ४६ हजार थिए । जुन संख्या देशभरका संक्रमितमध्ये ५६ प्रतिशत हो । साथै ३ हजार ८ सय ६९ को मृत्यु भएको थियो । अर्थात् समग्र चीनको ८४ प्रतिशत मृत्यु वुहानमै भएको थियो ।

चीनको हुवेइ प्रान्तस्थित वुहान सहरमा २०१९ को डिसेम्बरमा एक वृद्धलाई कोरोना संक्रमण भएपछि चीनले तत्कालै उच्च सावधानी अपनाएको थियो । कोरोना भाइरस क्रमशः दक्षिण कोरिया, इटाली, फ्रान्स, अमेरिका लगायत देशमा फैलिन थालेको हो । चार महिना भइसक्दा पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन । चीनले भने वुहान सहरलाई सुरुमै लकडाउन गरी बिरामीको उपचारमा तिब्रता देखाएको थियो ।

Related Articles

Back to top button
Close