समाचार

कोरोना संक्रमणबाट धरानका अमर बान्तावाको दुबईमा मृत्यु

धरान / कोरोना संक्रमणका कारण धरानमा स्थायी घर भइ बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका अमरको ज्यान गएको छ ।धरान -११ कल्याण चोकका अमर बान्तवाको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो ।

मृत्युको खबर पाएको एक साता अघि श्रीमतीलाई कोरोना संक्रमणका कारण क्वारेन्टइनमा रहको बताएका अमरको एक साता अघि दुबई स्थित अमेरिकन अस्पतालमा निधन भएको उनकी श्रीमती हरीमाया राई बताइन् ।

मृतक राईको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको मेडिकल रिपोर्ट उनि दुबईमा सेल्सम्यानको रूपमा कार्यरत कम्पनीले परिवारलाई पठाएको बताउदै अमरको शव दुबईमा नै अन्त्येष्टि गरिने र त्यसको लागि स्वीकृतिको सिफारिश पनि वडाले उपमहानगरमार्फत पठाइएको छ।

उक्त सिफारिश पत्र दुताबासमा पठाउने गरी उपमहानगरपालिकाबाट पनि परराष्ट्र मन्त्रालयमा पठाइसकेको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताएकी छिन् ।मृतक राईको परिवारमा श्रीमान, श्रीमती का अलवा उनका बुबा र छोरी रहेको वडा सदस्य रिजालले बताए ।

Related Articles

Back to top button
Close