समाचार

थप एकमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको ५ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।बिहीबार नै कोरोना पुष्टि भएका हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवालाई अझै अस्पताल लगिएको छैन । संक्रमित युवालाई उपचारार्थ विराटनगरको कोरोना विशेष अस्पतालको ओइसोलेसनमा लैजाने बताइएको छ ।

उनलाई विराटनगर लैजाने तयारी भए पनि उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरेर सँगै पठाउने भएकाले ढिलो भएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले जानकारी दिएका छन् । संकलित स्वाबसहित उनलाई शुक्रबार राति अस्पताल लगिने गाउँपालिकाले बताएको छ ।

उनले भने, ‘आवागमनमा समस्या हुने भएकाले संक्रमित युवासँगै स्वाब पनि पठाउँ भन्ने कुरा भएकोले ढिलो भएको हो । आज लिएको स्वाब भोलि पठाउन मिल्ने रहेछ ।’

Related Articles

Back to top button
Close