समाचार

मध्यरातमा २० लाखको चोरी

सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा मध्यराति २० लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ ।

भारतसँग सीमा जोडिएको सो गाउँका ६ वटा भन्दा बढी घरमा गएराती चोरी भएको हो ।

मध्यरातमा आएका चोरहरुले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

नगद, गरगहना, भाडाकुँडा, मोबाइल लगायतका धनमाल चोरी भएको जनाइएको छ ।

बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे जानकारी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले चोरीमा संलग्नको खोजी सुरु गरेको छ ।

Related Articles

Back to top button
Close