समाचार

भोजपुरका कोरोना संक्रमित युवाको यात्रा: मावली, ससुराली हुँदै घर पुगेर भलिवल मैदानसम्म

भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक कोरोना संक्रमित युवा मावली ससुराली हुँदै घर आएको पाइएको छ । साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं ओर्लिएका उनी त्यहाँबाट सुनसरी आएको पाइयो।रात्रि बसमा सुनसरीको झुम्का आएका उनी नहडाको साथिसँग आएका थिए । त्यसपछि डेरा गरि बसेका पत्निलाई भेट्न सुनसरी कै चतरामा आएको खुलेको छ । चतराबाट बसमा चढेर परिवार सहित मावाली धरान गइ बसेको देखिएको छ ।

धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन् ।धरान मावाल, चतरा डेरा र इटहरी साथिहरुसँग घुमेका उनी ८ दिनसम्म सुनसरी रहेका थिए । सुनसरी पछि उनी ससुराली उदयपुरको मैनामैनि फागुन ९ गते गएको पाइएको छ ।ससुरालिमा २ दिन बसेका उनी ११ गते विहान स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशिको चुहारसम्म गएका थिए ।त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका ९ हसनपुरको बार्ताङ्गसम्म आएका थिए । त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घन्टा बसेपछि अर्को बाइकमा घर होम्ताङ्ग पुगेको पाइएको छ ।

उनी भोजपुर तरेपछि स्थानीयवासिले गाउँपालिकाको हटलाइन नम्बरमा खबर गरेका थिए। घर पुगेपछि उनी एकान्तबासमा नबसी साथिहरु संग हिडडुल गरेको पाइएको छ । सामान्य लक्षण समेत नआएको कारण उनि गाउँमा भलिभल खेल्नसमेत गएको स्थानीय अर्थ राईले बताए ।

Related Articles

Back to top button
Close