समाचार

“म दोषी प्रमाणित भए तिम्रो दैलोमा कुचो लाउन आँउछु” – बास्कोटा

काठमाडौँ । केही महिनाअघि मात्र सेक्युरिटी प्रिन्टिंग प्रेस खरिद प्रकरणमा मुछिएर पदबाट राजिनामा दिएका पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा यतिबेला सामाजिक सञ्जालमा सक्रिय देखिन्छन । बेला बेलामा उनका विभिन्न अभिव्यक्ति हरु सामाजिक सञ्जालमार्फत छरपस्ट भईरहँदा त्यसका अधिकाम्श प्रतिक्रियाहरु भने तुच्छ र नकारात्मक मात्र देखिन्छन ।

बास्कोटाले कहिले सरकारको पक्षमा, कहिले पार्टीको पक्षमा त कहिले कोरोना महामारी र लकडाउनको समयमा काभ्रेका विभिन्न स्थानमा राहत सामाग्रीहरु वितरण गरेका पोस्टहरु फेसबुक र ट्वीटर जस्ता सार्वजनिक सञ्जालहरुमा पोस्ट गरिरहँदा भ्रष्टाचारकै विषयलाई लिएर नकारात्मक प्रतिक्रियाहरु आउने गरेका छन् ।

यसै क्रममा उनले पछिल्लो समय आफूलाई नकारात्मक कमेन्ट गर्नेलाई अनुमति लिएर पोस्ट नगर्ने भन्दै अर्को पोस्ट गरेका छन् । उनले भनेका छन्,’छद्मभेषी ट्विटे र फेसबुकेकाे अनुमति भएपछि मात्र म लेख्दिन,बाेल्दिन।म मेराे जीवनका भाेगाई स्वतन्त्रतापूर्वक भन्छु,लेख्छु।’

साथै आफू निर्दोष रहेको भन्दै उनले भनेका छन्,’ म दाेषी प्रमाणितभए तिम्राे दैलाेमा कुचाे लगाउन आँउछु तिम्राे चश्मा गलत साबित भए तिमी के गर्छाै?ल,चुनाैति भाे,मेराे।’

Related Articles

Back to top button
Close