समाचार

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा गा’ली गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ

बुधबार काठमाडौं नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भ्र’मपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । उनलाई प्रहरीको टोलीले कुसुन्तीस्थित उनको घरबाटै पक्राउ गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गा’लीगलौज गरेको आरोप उनीमाथि छ ।

एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमार्फत गा’लीगलौज गरेको पाइएपछि पक्राउ गरिएको हो ।नेपाल प्रहरीको सा’इबर ब्यू’रोले उनलाई पक्राउ गरेको हो ।

ललितपुरका एसपी टेकप्रसाद राईले उपाध्याय पक्राउ परेको पुष्टि गरे । प्रहरी उच्चस्रोतका अनुसार उनलाई अहिले सोह्रखुट्टेकाे प्रहरी हि’रासतमा राखिएको छ। केही समय अघि मे’डिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच पनि सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।

Related Articles

Back to top button
Close