समाचार

टाेपबहादुर रायमाझीलाई बस वालाले पनि पताएनन्, ४०० जना अर्घाखाँचीबासी आँफै भाडा तिरेर घर फर्के

काठमाडौंबाट अर्घाखाँची जिल्लाको लागि १० वटा बसमा आएका ४०० जना अर्घाखाँचीबासीहरुले आँफै भाडा तिरेर यात्रा गरेका छन् ।नेपाल तरुण दल अर्घाखाँची – काठमाडौं संपर्क समितीका अध्यक्ष अर्जुन पोखरेलले बताए अनुसार मंगलबार मध्यराती ११:१५ बजे काठमाडौंको कलंकीबाट अर्घाखाँची जिल्लाको सन्धिखर्कका लागि १० वटा बसमा हिंडेका ४०० जना यात्रुहरु आँफै भाडा तिरेर यात्रा गरेका हुन् ।मंगलबार साँझ ६ बजे समय तोकेको भएपनि मानिसहरुको संख्या बढी हुँदा राती १० बजे मात्र ३ वटा अनी बाँकी ७ वटा बस मध्यरात ११:१५ बजे कलंकीबाट छुटेका थिए ।

शुरुमा गाडी वालालाई पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले विधार्थी र मजदुरको भाडा आफुले व्यहोर्ने बताएपनि उनिहरुले आफुहरुलाई तेल हाल्नु पर्छ, लकडाउनको समस्या छ, क्यास पैसा माग गरेका थिए । गाडी वालाले चुनावमा जस्तो उदारो हुँदैन भनेपछि अन्तत रायमाझी त्यहाँबाट हिंडेका थिए ।पोखरेलले भने; शुरुमा टाेपबहादुर रायमाझी आएर म ब्यबस्था गर्छु भन्नु भो तर चुनाबमा जस्तै उधारो गाडीधनिले लकडाउनमा बसेका हामी तेल हाल्न नि पैसा छैन पैसा नभै जादैनौ भने त्यही भन्दा भन्दै अगाडी ४ वटा गाडी खडा थिए”

यात्रु १०-११ वटा भरिने भए हामीले भन्यौ गाडीधनिसँग कुरा गर्नु तेलको पैसा दिनु बाँकी भोली दिनु भोली भेट गर्नु भन्यौ उहाले म सक्दिन भन्नु भयो, र हिंड्नु भयो, ………… हामी जुन किसिमले पठाउने भनेका थियौ यात्रुलाई सोध्यौ हामी फ्री भनेर आएको नि होइन उहाले गर्नु भएको भए ठिकै थियो गर्नुभएन त सेल्फ पेमा जान्छौ भनेपछि हामी तत्काल फेरि त्यही गाडीको गुरुजीहरुलाई समन्वय गरेर थप ७ वटा गाडी मगाएर सबै सेल्फ पे गरेर पठाएका हौ; पोखरेलले भने ।पोखरेलका अनुसार गाडी रिजर्भ गरिएका र यात्रु सबैले १५ सय रुपैयाको आसपासमा तिरेर गएका हुन् ।

अन्तत: लकडाउनको बेला समस्यामा परेका अर्घाखाँचीबासीलाई सरकार्, स्थानिय निकायले गाडीभाडा तिर्नुपर्नेमा कसैले सहयोग गरेनन् ।यसअघि बसमा यात्रा गर्ने विधार्थी र मजदुरको भाडा पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले व्यहोर्ने बताइएको थियो । तर गाडीधनीहरुले रायमाझीलाई नपताउदा उनिहरु आँफैले पैसा तिरेर जान वाध्य भएका थिए ।उता वर्षाका कारण मध्यरातसम्म सयौ केटाकेटी, महिला समस्यामा परेका थिए । बसमा ३८, ४२ जनाका दरले यात्रुहरुलाई राखिएको छ ।बसमा ३० प्रतिशत बच्चाबच्ची-महिला, ३० प्रतिशत विधार्थी र ४० प्रतिशत मजदुर रहेका छन् ।

यस्तै टोप बहादुरले राम्रोसँग समायोजन, सहयोग नगरेको भन्दै त्यहाँ उपस्थित युवाहरु आक्रोसित भएका थिए । टोप बहादुरका कारण लामो समय विवाद पनि चर्किएको थियो । बसहरु सबै सिदा सदरमुकाम सन्धिखर्क लगिने योजना भएको छ ।उता यसअघि हजारदेखि १५ सय यात्रु हुने अनुमान गरिएको थियो । र कयौ अबेरासम्म कुरेर फर्किएका थिए

Related Articles

Back to top button
Close