समाचार

सरकारलाई दीपकराज गिरीको व्यङ्ग्य, ‘सकारात्मक सोचौं न, कोरोनाको औषधि नेपालमा पत्ता लाग्यो !’

विश्वमा यतिबेला कोरोनाको कहर छ । कोरोनाको कारण नेपालमा पनि लकडाउन भएको महिना दिन पुगिसकेको छ ।लकडाउनका कारण बन्द व्यवसाय, अफिसलगायत सबै क्षेत्र बन्द छन् । कोरोनाबाट कसरी सुरक्षित रहने, कसरी पहिलेको अवस्थामा फर्किने भन्ने चिन्ता यतिबेला सबैमा छ ।

यस्तो बेला सरकारले भने अध्यादेश मार्फत राजनीतिक दलसम्बन्धी कानुन संशोधन गरेको छ ।कोरोनाको महामारीको विषम परिस्थितिमा देश रहेको बेला सरकारले ल्याएको अध्यादेशको विभिन्न राजनीतिक दलले बेमौसमी बाजा भनिरहेका छन् ।

सरकारले ल्याएको यो अध्यादेशको कलाकारहरुले पनि आ–आफ्नो तवरले टिप्पणी गरिरहेका छन् ।यस्तैमा अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुक मार्फत एक स्टाटस पोष्ट गर्दै व्यङ्ग्यात्मक रुपमा अध्यादेशको विरोध गरेका छन् ।

‘सकारात्मक सोचौ न यार, कोरोनाको औषधि नेपालमा पत्ता लात्यो !’ उनले स्टाटसमा लेखेका छन् ‘धेरै दिनदेखिको प्रयास सफल ‘राष्ट्रपतिद्वारा विधेयकमा हस्ताक्षर ।’कोरोनाको नियन्त्रणमा गम्भीर भएर लाग्नुपर्नेमा अनावश्यक राजनीतिक दाउपेचमा सरकार फसेको गिरीको व्यङ्ग्यको आशय छ ।

Related Articles

Back to top button
Close