समाचार

बर्दियाकाे मानखाेलामा भेटियाे एक झाेला पैसा !

१० बैशाख । पुर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया जिल्लाकाे मान खाेलामा गएराति अ’वैध पैसा फेला परेकाे छ ।सेताे प्लाष्टिकमा एक झाेला पैसा फेला परेकाे प्रहरीले जनाएकाे छ । बर्दियाकाे मानखाेला लकडाउन शुरू भएपछि जिल्ला भित्रिने र बाहिरिने मानिसहरूकाे चे’कजाँच भइरहेकाे स्थान हाे ।दिनभर प्रहरी परिचालन भएकाे स्थानमा राति अबेर सेताे झाेलामा पैसा फेला परेकाे थियाे ।

पैसा कसले र किन राखेकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रमुख प्रेमलाल लामिछानेले बताउनुभयाे ।

फेला परेकाे पैसा ईलाका प्रहरी कार्यालय बाँसगढीमा ल्याएर अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ । दिनभर मानखाेलामा सु’रक्षा चे’कजाँच हुने र भीडभाड समेत हुने भए पनि राति मात्र पैसा फेला परेकाे स्थानीय बासिन्दा रेशम अधिकारिले बताउनुभयाे ।न्युज २४

Related Articles

Back to top button
Close