समाचार

ज्ञानेन्द्र शाही पक्राउ

हाम्रो नेपाल हामी नेपाली अ’भियानका अभियान्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।उनी आफै महानगरीय प्रहरी परिसर ललितपुर पुगेका हुन् ।शाहीलाई पक्राउ गर्न गरेका प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि परिवारका अन्य सदस्यहरुलाई नि’यन्त्रणमा लिएको थियो ।

दैनिक ज्या’लादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा वि’वाद शुरु भएपछि शाहीलाई पक्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो । तर, शाहीलाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनका परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रशासन कार्यालय ललितपुरले राहत वितरण नगर्न आ’ग्रहलाई बे’वास्ता गर्दै राहत वितरण गरेपछि वि’वाद शुरु भएको थियो ।प्रहरीले शक्ति ठाकुरीसहित सबै परिवारलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी परिसर ललितपुर लगेको थियो । शाहीले केही दिन अघि काठमाडौंको चक्रपथस्थित रिङरोडमा रहेका दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरलाई रा’हत बाँ’डेका थिए ।

Related Articles

Back to top button
Close