समाचार

काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण ‘पोजेटिभ’

काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पिसिआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए ।आइसोलेसनमा राखिएका उनीहरुको पिसिआर परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए ।

त्यस्तै उता कैलालीका एक युवकमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। बर्दगोरिया गाउँपालिका ३ का १९ वर्षीय युवकमा आरडिटी एन्टीबडी पोजेटिभ देखिएको हो। गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। भारतको पुनेमा मजदुरी गर्दै आएका ती युवक चैत १० गते कैलाली फर्किएका थिए। घर फर्किएदेखि नै उनी होम क्‍वारेन्टाइनमा बस्दै आएको बुझिएको छ।

Related Articles

Back to top button
Close