समाचार

मैले भेन्टिलेटरको स्विच अफ गरिदिएँ ताकि उनी शान्तिसँग म’र्न सकुन् …

लण्डन (बीबीसी)। कोभिड–१९ को गम्भीर बिरामीले बेलैमा भेन्टिलेटर पाएका उसले नयाँ जीवन पाउन सक्छ । भेन्टिलेटरको सहयोगमा उनीहरुलाई मृ’त्युको मुखबाट बाहिर निकाल्न सकिन्छ । जब बिरामीले आफैँ अक्सिजन लिन सक्दैन त्यतिबेला भेन्टिलेटरको प्रयोग गरेर बिरामीको फोक्सोसम्म अक्सिजन पुर्याउन र त्यहाँबाट कार्बनडाइअक्साइड बाहिर निकाल्न सम्भव हुन्छ ।

तर, केवल भेन्टिलेटरको मद्दतले को’रोना सं’क्रमण भएको बिरामीलाई बचाउन सम्भव हुँदैन । यही कारण विश्वभरका मेडिकल प्रोफेशनलहरुले बेलाबेलामा निकै कठोर निर्णय गर्नु परिरहेको छ । यी कठोर निर्णयहरुमध्ये बिरामी निको नहुने लगभग निश्चित भएपछि भेन्टिलेटर हटाउनु पनि एक हो ।

लण्डनको रोयल फ्रि अस्पतालको इन्टेन्सिभ केयर यूनिट (आईसीयु) की प्रमुख नर्स जुएनिता नितलाले बीबीसीलाई भनिन् – ‘भेन्टिलेटरको स्विच अफ गर्नु निकै पी’डादायी हुन्छ । कैयौँ पटक त मलाई यही लाग्छ कि बिरामीको मृ’त्युको जिम्मेवार म स्वयं हुँ ।’ दक्षिण भारतमा जन्मेकी नितला बिगत १६ वर्षदेखि इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिसमा इन्टेन्सिव केयर विशेषज्ञ नर्सको रुपमा कार्यरत छिन् । ४२ वर्षकी नितलाले बीबीसीलाई भनिन् – ‘भेन्टिलेटर बन्द गर्नु पनि मेरो काममध्येकै एक हो ।’

‘मेरो लागि यो केवल एक फोन कल थियो । तर परिवारको लागि यो निकै महत्वपूर्ण हुन्छ । उनी भिडियो कल गर्न चान्थिन् । दुर्भाग्य यो थियो आईसीयुभित्र मोबाइल फोन लैजाने अनुमति हुँदैनअप्रिलको दोस्रो हप्ता नितला बिहानको शिफ्टमा कामको लागि अस्पताल पुगेकी थिइन् । आइसीयुको रजिस्टर अनुसार उनलाई कोभिड –१९ का एक बिरामीको उपचार गर्नुपर्ने थियो । बिरामी एक कम्युनिटी हेल्थ नर्स थिइन् । जसको उमेर ५० वर्ष भन्दा बढी थियो । नितलाले बिरामीको छोरीलाई यस उपचार प्रक्रियाको बारेमा बताइन् ।

नितलाले भनिन् ‘मैले उनलाई भने उनकी आमालाई कुनै पी’डा हुने छैन । आरामको स्थितिमा छिन् । मैले उनकी आमाको इच्छा र धार्मिक विश्वासको बारेमा पनि सोधें ।’ आइसीयुमा लाइन लगाएर एकपछि अर्को बेड राखेको हुन्छ । नितलाका गम्भीर रुपले बिरामीकोे वरपर पनि यस्ता अरु बिरामी थिए । जो बेहो’स थिए ।

नितलाले भेन्टिलेटर बन्द गर्नको लागि स्विच अफ गरिन् । नितलाले भनिन् –‘म सँगै बसेर उनको मृ’त्युसम्म उनको हात समाइरहेकी थिएँ।’नितलाले भनिन् –‘नर्स त्यहाँ थिइन् जहाँ ८ वटा बेड थियो । सबै बिरामी ग’म्भीर थिए । मैले पर्दा खसाएँ र सबै अलार्म बन्द गरें ।’ मानौ केही क्षणको लागि पूरै मेडिकल टिम उस्तै रह्यो । नितलाले भनिन् – ‘नर्सहरुले आपसमा कुरा गर्न बन्द गरे । बिरामीको गरिमा र सुविधा हाम्रो प्राथमिकता हुन्छ ।’

त्यसपछि नितलाले बिरामीको कान नजिकै फोन राखिन र उनको छोरीलाई बोल्न आग्रह गरिन् । फोन कलको बारेमा नितलाले भनिन् – ‘मेरो लागि यो केवल एक फोन कल थियो । तर परिवारको लागि यो निकै महत्वपूर्ण हुन्छ । उनी भिडियो कल गर्न चान्थिन् । दुर्भाग्य यो थियो आईसीयुभित्र मोबाइल फोन लैजाने अनुमति हुँदैन ।’

बिरामीको परिवारको अनुरोध अनुसार एक खास म्युजिक भिडियो कम्प्युटरमा बजाइन् । त्यसपछि नितलाले भेन्टिलेटर बन्द गर्नको लागि स्विच अफ गरिन् । नितलाले भनिन् –‘म सँगै बसेर उनको मृ’त्युसम्म उनको हात समाइरहेकी थिएँ ।’ मेडिकल टिमले सास फेर्न मद्दत गर्न र उपचार रोक्नको लागि धेरै सोचेर मात्र निर्णय लिन्छ । यसमा बिरामीको आयु, स्वास्थ्य स्थिति, उपचारको असर र सुधारको अवस्थालाई ध्यानमा राख्ने गरिन्छ ।

नितलाले भेन्टिलेटर सपोर्ट बन्द गरेको ५ मिनेटभित्र बिरामीको मृ’त्यु भएको थियो । नितलाले भनिन् – ‘म भेन्टिलेटरमा फ्ल्यास भएको लाइटलाई हेरिरहेकी थिएँ । हृदयको गति शुन्य भएपछि स्क्रिनमा सेतो लाइन देखिन लागेको थियो ।’

नितलाले त्यसपछि शरीरमा औषधि पठाउने ट्युबलाई शरीरबाट हटाइन् । यो सब कुरामा अन्जान थिइन् बिरामीको छोरी । उनी फोनमा लगातार कुरा गरिरहेकी थिइन् । उनी फोनमा केही प्रार्थना गरिरहेकी थिइन् । मनमा बोझको साथ नितलाले ह्यान्डसेट उठाइन् र बिरामीकी छोरीलाई भनिन् सब समाप्त भइसक्यो ।

तर नर्स नितलाको हेरचाहको ड्युटि बिरामीको मृ’त्युसँगै सकिँदैन । उनले बीबीसीलाई भनिन् –‘एक सहकर्मीसँग मिलेर मैले उनलाई बेडमै नुहाइदिएँ । उनलाई सेतो कफनले बेरे । त्यसपछि उनको मृ’त शरीरलाई बडी व्यागमा राखेँ । व्याग बन्द गर्नु अगाडि उनको निधारमा मैले क्रसको चिन्ह बनाएँ ।’

को’रोना भाइ’रसको प्र’कोपको समय भन्दा पहिला उपचार बन्द गर्नको लागि परिवार आफन्त चिकित्सक अगाडी बसेर कुरा गर्ने गर्थे । लाइफ सपोर्ट सिस्टम बन्द गर्नु पहिले नजिकको आफन्तलाई आईसीयुभित्र जाने अनुमति पनि हुन्थ्यो । तर अहिले विश्वको अधिकांश ठाउँमा यस्तो भइरहेको छेन ।नितला यस्तै बिरामीलाई हेर्छिन । उनीहरु संक्र’मणबाट निको होउन् भनेर मद्दत पनि गर्छिन । उनी भन्छिन् – ‘कोही पनि यसरी एक्लै मरे’को देख्दा दुःख लाग्छ ।’ उनी बिरामीले रोगसँग ल’ड्न संघर्ष गर्दै गरेको, सास फेर्नको लागि त’ड्पिरहेका देखेर निकै तना’व लिन्छिन् ।

अस्पतालमा बिरामीको संख्या बढेका कारण अस्पतालको क्रिटिकल केयर युनिटमा ३४ बेडको ठाउँमा ६० बेड राखिएको छ । सबै बेडमा बिरामी छन् । आइसीयुका बिरामीको हेरचाहको लागि १ सय ७५ नर्सको टिम दिनरात खटि’एका छन् । नितला भन्छिन् – ‘सामान्यतया क्रिटिकल केयर युनिटमा एक बिरामीको लागि एक नर्स राखिएको हुन्छ । तर अहिले त एक नर्सले तीन बिरामी हेर्नुपर्छ । स्थिति बि’ग्रियो भने ६ जना बिरामीको लागि एक नर्स खटिनुपर्छ ।’

मलाई नराम्रो सपना आउँछ । म सुत्नै सक्दिन । मलाई चिन्ता लाग्छ कतै म आफैँ त सं’क्रमित भएकी छैन । सहकर्मीहरुसँग कुरा हुन्छ सबै ड’राएका हुन्छन् ।नितलाको टिमका केही नर्सलाई को’रोनाको लक्षण देखिएको छ । जसको कारण उनीहरुलाई सेल्फ आइसोलेशनमा पठाइएको छ । अस्पतालले अरु नर्सलाई क्रिटिकल केयरमा काम गर्ने तालिम दिन समेत सुरु गरेको छ ।

नितला भन्छिन् – ‘शिफ्ट शुरु हुनु पहिला हामी सबै हात मिलाउँछौं र एक अर्कालाई सुरक्षित रहन आग्रह गर्छौं । हामी एक अर्कालाई हेरिरहेका हुन्छौँ । हामी यो कुराको सुनिश्चित गर्न चाहन्छौं कि हामी सबैले ग्लभ्स, मास्क र प्रोटेक्टिभ गियर ठीक तरिकाले लगाएको छौँ की छैनौँ ।’अस्पतालमा भेन्टिलेटर, इन्फ्युजन पम्प, अक्सिजन सिलिन्डर र धेरै औषधिको कमी छ । तर पूरै टिमको लागि पर्सनल प्रोटेक्सन एक्वीमेन्ट(पीपीई) किट्स छ । नितलाको आईसीयुमा हरेक दिन एकको मृ’त्यु भइरहेको छ । कोरो’ना संक्र’मण भन्दा अगाडि यस्तो स्थिति थिएन ।

नितला भन्छिन् – ‘यो हिम्मत हारे जस्तो हुन्छ ।’ हेड नर्स भएको कारण नितलालाई कहिले काँही आफूभित्रको डरलाई पनि लुकाउनुपर्छ । नितलाले भनिन् –‘ मलाई नराम्रो सपना आउँछ । म सुत्नै सक्दिन । मलाई चिन्ता लाग्छ कतै म आफैँ त सं’क्रमित भएकी छैन । सहकर्मीहरुसँग कुरा हुन्छ सबै ड’राएका हुन्छन् ।’

गत वर्ष नितलालाई टिबी भएपछि लामो समय कामबाट टाढा रहेकी थिइन् । उनलाई थाहा छ उनको फोक्सोको अवस्था पहिलेको जस्तो छैन । नितला भन्छिन् –‘मानिसहरु भन्छन् मैले काम गर्न हुँदैन । तर महामा’रीको स्थिति छ । म सबैै कुरालाई छोडेर आफ्नो काम गरिरहेकी छु । शिफ्ट सकिएपछि ती बिरामीहरुको बारेमा सोच्छु । जसको मृ’त्यु मैले हेरचाह गर्दा गर्दै भएको छ । तर अस्पतालबाट बाहिर आएपछि म यी सब कुरालाई भुल्ने कोशिस गर्छु।

Related Articles

Back to top button
Close