समाचार

यस्तो छ तीन दिनको मौसम

हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग / हावाहुरीसहित वर्षा भइरहेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।

राति पनि देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

Related Articles

Back to top button
Close