समाचार

पर्यटन क्षेत्रलाई उकास्न कोरोना महामारी नियन्त्रणपछि कर्मचारीलाई घुमफिर बिदा: पर्यटनमन्त्री

कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्तरक्रियामा मन्त्री भट्टराईले पर्यटनको लकडाउन लगत्तै विदेशी पर्यटक धेरै आएने सम्भावना नभएकाले सरकारले विशेष प्याकेज ल्याउने गृहकार्य भइरहेको बताए।

‘नेपाली पर्यटन क्षेत्रलाई दिगो बनाइराख्नका लागि हामीले महामारी नियन्त्रण लगत्तै आन्तरिक पर्यटन लक्षित कार्यक्रम ल्याउछौ। त्यसका लागि हामी सरकारी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारिका लागि खर्चसहितको भ्रमण बिदा दिनसक्छौ’ उनले भने। पर्यटन क्षेत्रको पुनर्उत्थामा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने उनले बताए। ‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’सरकारले यसअघि पनि तलबसहितको भ्रमण बिदा दिने कार्यक्रम ल्याएको थियो। तर त्यसको कार्यान्वयन भएको थिएन।

Related Articles

Back to top button
Close