समाचार

शनिबार थप एकजनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३१ पुग्यो

शनिबार एकजनाका कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

शुक्रबार मात्र एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तीनजना डिस्चार्ज भएका छन् । २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।शनिबार दुईजना कोरोना निको भएर डिस्चार्ज भएका हुन् भने माघमै एकजना निको भएर डिस्चार्ज भएका थिए ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय गरेको ४६४ जनाकै र्‍यापिड परीक्षण नतिजा सङ्क्रमण रहित रहेको जनाएको छ। महानगरले गत बुधबारदेखि परीक्षण शुरु गरेको हो। विदेशबाट फर्किएर महानगरपालिकाभित्र बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको र्‍यापिड डाइनोस्टिक टेष्टमार्फत नतिजा पत्ता लगाइएको हो।

Related Articles

Back to top button
Close