समाचार

जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने २ महिला पक्राउ

जनकपुरको सडकमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुईजना महिला पक्राउ परेका छन् । जनकपुरको धाम उपमहानगरपालिका वडा नं. ७ जानकी नगरबाट प्रहरीले शनिबार दुबै महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

दुबै महिलाको परिचयभ भने प्रहरीले खुलाएको छैन । केहि बेर पश्चात दुबैजना महिलालाई सार्वजनिक गर्ने धनुषाका प्रहरीले जनाएको छ ।शुक्रवार जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको थियो ।

सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०÷४५ वर्षका रहेको उल्लेख गरिएको छ ।सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकपछि प्रहरीले अनुसन्धान कार्य तीव्र बनाएको थियो ।बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

Related Articles

Back to top button
Close