स्वास्थ्य/ जिबनशैली

अफ्रिकामा कोरोना संक्रमित एक करोड पुग्न सक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओ अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अहिलेको अवस्थामा यो संख्या आंकलन गरिएको बताए । तर यो संख्यामा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ ।यसअघि अफ्रिकामा इबोलाको महामारी फैलिँदा डब्ल्यूएचओले गरेको अनुमान मिलेको थिएन ।

त्यतिबेला मानिसहरुले आफ्नो बानीमा परिवर्तन गरेको कारण सबैभन्दा खराब अवस्था आउनबाट बचेको भन्दै याओले अहिले पनि त्यो अवसर रहेको बताए ।अहिलेसम्म अफ्रिकामा १७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भाइरसको कारण अफ्रिकामा करिब नौ सय मानिसको मृत्यु भइसकेको छ ।

अन्य क्षेत्रको तुलनामा यो केही कम हो । तर, अफ्रिकाको कमजोर स्वास्थ्य सेवाको कारण यो भाइरसको संक्रमण केही दिनमै ह्वात्तै बढ्नसक्ने आशंका छ ।

स्रोत : अल जाजीरा

Related Articles

Back to top button
Close