समाचार

सडकमा नोट छरेर भाग्ने २ महिलाको हुलिया सार्वजनिक

जनकपुरधाममा पैसा छर्दै फरार भएका दुई महिलाको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार अपरिचित २ महिलाले जनकपुरधाम वडा नम्बर ४ स्थित सडकमा १० रुपैयाँको नोटको विटो फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित छन् ।

शुक्रवार दिउँसो एकबजेतिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चोक बस्ने शंकर साहले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार १० रुपैयाँको नोट फालेर भाग्ने महिला को हुन् र किन पैसा फालेर भागे सोको बारेमा यकिन हुन भएको छैन ।

प्रहरी प्रवक्ता रामेश्वर कार्कीले भने– स्थानीयवासीले खबर गर्ने बित्तिकै हामीले घटनास्थल पुगेर दश रुपैयाँको १३ वटा नोट संकलन गरेर सुरक्षित साथ लिएर आएका हौँ ।’ उनले अघि थप्दै भने–‘महिलाको तस्विर आफूहरुसँग आइसकेको र खोजी कार्य सुरु गरिसकेको छौँ ।’सडकमा पैसा पेठिया बजारतर्फ भागेका थिए । त्यसलगत्तै नोट छरिएको स्थानमा प्रहरीले स्यानिटाइजर छर्किएको थियो । प्रहरीले नजिकै रहेको एक घरमा रहेको सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यता घटनालाई लिएर स्थानीयवासी त्रसित छन्

Related Articles

Back to top button
Close