समाचार

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

कुवेतमा शुक्रबार थप ४ जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ ।कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ४ नेपालीसहित १ सय ३४ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १६ सय ५८ पुगेको छ ।तीमध्ये ५ जनाको ज्यान गएको छ, भने २ सय ५८ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३२ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

Related Articles

Back to top button
Close