समाचार

जनकपुरका विभिन्न स्थानमा फालिए सयका नोट, कोरोना फैलाउन खोजेको आशंका

जनकपुरका विभिन्न स्थानमा दस र सयका नेपाली नोटहरु फालिएको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ५ महावीर चौक सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसले फालेको हो भन्दै पैसामा छुने आँट गरेका छैनन् । भारतमा समेत सडकमा पैसा फालिएको अवस्थामा भेटिएको थियो । त्यसमा कोरोनाको जिवाणु हुन सक्ने भन्दै अनुसन्धान गरिएको थियो । जनकपुरधाममा समेत स्थानीयवासीहरुले सोहि शंका गरेका छन् ।

अज्ञात समूहले पैसा फालेर भागेको हुन सक्ने र उनी कोरोना संक्रमित समेत हुन सक्ने अनुमान गरिएको छ । स्थानीयहरुका अनुसार दुईजना महिलाले दश र सयको नोट चोकको विभिन्न स्थानमा फालेर भागेकी हुन्।उनीहरुले केहि पसलका सटरहरुमा समेत पैसा राखेको स्थानीयहरु बताए । जथाभावी रुपमा विभिन्न स्थानमा पैसा फालेर भाग्दै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि महावीर चौकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको धनुषा प्रहरीले जानकारी दिए।

ती महिलाहरु अन्दाजी ३५ देखि ४० वर्षकी दुई जना महिला जथाभावी रुपमा पैसा फालेर भागेको स्थानीयहरुले प्रहरीलाई फोन गरेपछि उनको खोजी भईरहेका प्रहरी स्रोतले जानकारी दिएका छन् ।पैसा छोएपछि कोरोना संक्रमण हुन सक्ने अशांकामा स्थानीयहरु भयभित बनेको हो। यता पैसा छिट्नेहरुको खोजी कार्य सिसी क्यामरा मार्फत समेत भइरहेका छन ।

Related Articles

Back to top button
Close