मनोरंजन

सोनिकासँग गाढा प्रेममा पारस पुग्नुपर्ने कारण

अघिल्लो बर्षको सुरुआततिर गोरखामा हिमानी ट्रष्टले बनाएको विद्यालयको भवन उद्घाटनका क्रममा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह आमने सामने थिए ।

पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहले उद्घाटन गरेको नयाँ भवनको औपचारिक कार्यक्रममा पति पत्नीको जम्काभेट भएको थियो । लोकलाई देखाउनका लागि उनीहरूबीच साधारण संवाद भयो त्यो त्यसअघिको एक दशक र त्यसपछि हालसम्मका लागि दुर्लभ दृश्य थियो ।

राजतन्त्र अन्त्य भई गणतन्त्र घोषणा हुनासाथ पारस प्रेमिका कन्निकासँग थाइल्यान्डमा लामो समय बसे । सोही बेलादेखि पारस–हिमानीको सम्बन्धमा खटपट देखिएको थियो ।

‘आम नेपाली नारीजस्तै राजपरिवारको भए पनि पुर्वयुवराज्ञीलाई ति विविध घटनाक्रमले केही नमिठो बनाएको थियो । हालसम्म पनि यो क्रम चलिरहेको छ, जसले सम्बन्धमा सुधार आउला भन्ने देखिँदैन’, निर्मलनिवास स्रोतले भन्यो,‘आजभोलीका समाचार, तस्बिर र घटनाक्रमले पनि त्यहि देखाउँछ ।’

थाइल्यान्डमा लागुऔषध प्रयोग गरेको अभियोगमा पारसलाई त्यहाँको प्रहरीले हिरासतमा राखेपछि छुटाउनका लागि हिमानी पुगेकी थिइन् । उनले पारसलाई रिहा गराए पनि सँगै बसिनन् र सँगै काठमाडांै पनि फर्किनन् ।

‘त्यसबेला देखिएको त्यो परिदृश्य नै सम्बन्धमा नजिक नभएको भन्ने स्पष्ट चित्र थियो’, हिमानी नजिक रहेर काम गरिरहेकी एक जना महिला भन्छिन्,‘उहाँ (हिमानी) त्यसपछि सामाजिक काममा सक्रिय हुनुभयो र हिमानी ट्रष्टमार्फत अलग बाटो समात्नुभयो ।’

हिमानी ट्रष्टले गोरखामा अघिल्लो बर्ष गरेको कार्यक्रममा पारस र हिमानी, इन्सेटमा पूर्वप्रेमीका कन्निकासँग पारस । फाइल तस्बिर

पारस–हिमानी नजिक नहुनुको एउटा तर महत्वपूर्ण कारणचाहिँ धार्मिक अन्धविश्वास पनि रहेको बताइएको छ । धार्मिक माताको नाममा काम गरिरहेकी सविता नामकी महिलाले हिमानीलाई केही बर्षसम्म पारससँग बस्न नहुने सुझाव दिएकी थिइन् । सोही सुझावले नेपालमा रहँदा पनि पारसको निर्मलनिवास प्रवेशमा ब्रेक लगायो ।

पछिल्लो समय भने हिमानीसँग टाढा र रोकायासँग गाढा प्रेममा पारस रहेको खुलासा आलिंगनमा बाँधिएका तस्बिर र भिडियोले सनसनी बनाएको छ भने सोनिकाको जन्मदिनको अवसर पारेर उपहारमा दिइएको हिराको हार पनि चर्चामा छ

झन्डै एक दशकभन्दा लामो समयदेखि पारस–हिमानीको भौतिक सम्बन्ध नभएको देखिन्छ । भावनात्मक सम्बन्धमा पनि चढाव छैन बरु उतार मात्रै छ । केही बर्षदेखि पारस नेपालमै भए पनि हिमानीसँग नजिक हुने अवसर पाएका छैनन् । एक हिसाबले उनलाई निर्मलनिवासमा हिमानी भएका बखत प्रवेशमा निषेध छ ।

निर्मलनिवास स्रोत भन्छ,‘राजतन्त्रको अवसान भएका दिनदेखि नै पारसको पारिवारिक जीवन पनि परिवर्तन भयो । एक हिसाबले झन्डै डेढ दशकदेखि उनी पत्नी हिमानीसँग भावना, संवेदना, प्रेम र भावुकतासँग रुमल्लिन पाएका छैनन्, यो उनकै कारणले निम्तिएको नियती हो । त्यसैले बाहिर अफेयरका कुरा आइरहेका छन् ।’

रेष्टुरेन्ट उद्घाटनपछि पारसको आलिंगनमा रमाएकी सोनिका । फाइल तस्बिर

हिमानीसँग नजिक हुन नपाएका पारस पछिल्लो समय भने विवादीत युट्युवर सोनिका रोकायासँग अफेयरमा रहेका पर्याप्त कारण र उदाहरण छन् । दरबारमार्गको एउटा रेष्टुरेन्ट उद्घाटन गरेका पारसको रोकायासँगको आलिंगनको तस्बिर बाहिरियो । अफेयरका चर्चा चल्न थाले ।

यस विषयलाई थामथुम गराउने कोशीश गरिए पनि पारस–रोकायाको सम्बन्धको पारो चढिरहेकोचाहिँ अन्नपूर्ण बेस क्याम्पदेखि पोखराको लामो बसाईसम्मका विवरणले छताछुल्ल बनायो ।

नेपालमै बसेका तर परिवार र पत्नीसँग नजिक हुन नपाएका पारस छोराछोरीसँग भने अधिक सामिप्यमा छन् । हिमानी नपुगे पनि पारसको गएको जन्मदिनमा दुई छोरी र एक छोरा पोखरामा पुगेका थिए ।

पछिल्लो समय भने हिमानीसँग टाढा र रोकायासँग गाढा प्रेममा पारस रहेको खुलासा आलिंगनमा बाँधिएका तस्बिर र भिडियोले सनसनी बनाएको छ भने सोनिकाको जन्मदिनको अवसर पारेर उपहारमा दिइएको हिराको हार पनि चर्चामा छ ।

Related Articles

Back to top button
Close