समाचार

जेठ १५ अगाडि विद्यालय खुल्दैनन्, रिजल्ट लकडाउन खुलेको एक साताभित्र

जेठ १५ अगाडि विद्यालयहरु खुल्दैनन्यसरी नतिजा सार्वजनिक गरेको डेढ हप्ताभित्र भर्ना प्रक्रिया सम्पन्न गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।कोभिड–१९ महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने अवस्थामा अनलाइन, टेलिफोन वा मोबाइलबाटै विद्यार्थी भर्ना गर्नुपर्ने उनीहरूको भनाइ छ । तर, विद्यालय खुलेर पढाइ सुरु हुन भने थप समय लाग्ने देखिएको छ ।

निजी विद्यालयहरुको छाता संगठन (प्याब्सन)का अध्यक्ष टिकाराम पुरी भन्छन्, ‘वैशाख १५ मै लकडाउन खुलेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’लकडाउन खोलेको एक सातामा रिजल्ट प्रकाशित गर्ने र त्यसपछि भर्ना लिने मन्त्रालयको प्रस्तावमा आफूहरुको सहमति रहेको भन्दै उनले भने, ‘लकडाउन खुलेपछि रिजल्ट प्रकाशन, भर्ना र पाठ्यपुस्तकको व्यवस्था गर्न स्कुलहरुलाई २० देखि ३० दिन चाहिन्छ ।

यसरी हेर्दा वैशाख १५ मा लकडाउन खुलेपछि जेठ १५ अगाडि विद्यालय सञ्चालन गर्न नसकिने देखिएको छ ।’यसका साथै लकडाउन कसरी खुला गर्छ र विद्यालय सञ्चालनबारे सरकारले गर्ने निर्णयमा पनि भर पर्ने उनले बताए । विद्यालय खोल्न अझ समय लाग्ने अवस्था आए अनलाइन कक्षा सञ्चालन लगायतका विकल्पमा मन्त्रालय र आफूहरुबीच छलफल भइरहेको प्याब्सनका अध्यक्ष पुरीले जानकारी दिएका छन् ।

मन्त्रालयकाअनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए ।प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका

Related Articles

Back to top button
Close