बिदेशबाट फर्किएका हेटौँडामा र्यापिड टेस्टमा चार जनामा कोरोना पोजेटिभ देखियो
बागमती प्रदेशकोको राजधानी हेटौंडा कोरोना संक्रमितको सवालमा शान्त रहेको भनिपनि आज बिहीबार एउटा वडामा गरिएको र्यापिड टेस्ट गर्दा चार जनाको रिपोर्टमा पोजिटिभ नतिजा निस्किएको छ ।उपमहानगरपालिकाले आज देखि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गर्दा चार जनामा आजै पोजेटिभ देखिएको हो ।परिक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुका अनुसार बिदेशबाट फर्किएका चारजना हेटौंडा–४ मा वसोवास गर्दै आएका छन् ।
उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ । तीन जना पुरुष र एक जना महिला हुन् ।र्यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएपनि उनीहरुमा कोरोना संक्रमित भएको छ की छैन भन्नेकुरा ल्याव टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछी मात्र भन्न सकिने स्वास्थ्यकर्मीहरु वताउँछन् ।
आज हेटौंडामा टेष्ट गरिएका ४९ जना मध्यमा ४ जानमा मात्र टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।बिभिन्न देशबाट फर्किएर आएकाहरुमा र्यापिड टेस्ट गदा नतिजा पोजेटिभ देखिएको जानकारी छ ।उनीहरुको स्वाब हेटौंडामा परिक्षण गरिने र थप कन्फर्मका लागि काठमाडौं पठाउन पनि सकिने जानकारी छ । टेस्टमा पोजेटिभ देखिएका सवैजनालाई हेटौंडा ४ कर्रामा रहेको आइसोलेसनमा राखिएको छ ।