बिज्ञान प्रबिधि

मौसमविद् भन्छन्ः आज चट्याङ/हावाहुरीको सम्भावना छ, ज्यान जोगाउनू

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

‘काठमाडौं उपत्यकाका उत्तर-पश्चिम तथा नुवाकोट, धादिङ र रसुवामा बिहानै मेघगर्जन, वर्षा र हावाहुरी सुरु भइसकेको छ,’ बिहीबार बिहान उनले नेपालखबरसँग भनिन्, ‘यो बिस्तारै देशका अन्य स्थानमा पनि सुरु हुने क्रममा छ।’मौसविद् बासीका अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।

‘वर्षा पनि हुन्छ तर हल्का,’ उनले भनिन्, ‘अहिले बाढीपहिरो जाने वर्षा त हुँदैन तर डर हावाहुरी र चट्याङको हो, कतिपय ठाउँमा चट्याङले मानिसको ज्यान लिइरहेको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ।’उनका अनुसार आज त्यस्तो ठूलै खालको हावाहुरी नआए पनि सामान्यभन्दा अलि बलियै खालको आउने सम्भावना छ।

Related Articles

Back to top button
Close