समाचार

पोखराका लक्ष्मणको कोरोना भाइरसका कारण मृ’त्यु

बुधबार काठमान्डौ , पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाईडका बासिन्दा लक्ष्मण श्रेष्ठको को’रोना भाइरस संक्रमणका कारण बेलायतको राजधानी लण्डनमा मृ’त्यु भएको छ ।पोखरा ६ लेकसाइड स्थित जरेबर घर रहेका श्रेष्ठ ५९ बर्षका थिए । पूर्व ब्रिटिश आर्मी श्रेष्ठ श्रीमती र छोरा छोरी सहित लण्डनमा बस्दै आएका थिए ।

को’रोना भाइरस संक्रमणको पुष्टी भएपछि १४ दिन अघि उनलाई लण्डन स्थित एक अस्पतालमा भ’र्ना गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।स्वास प्रश्वासमा स’मस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिदै थियो ।

‘अस्पतालले आज जानकारी दियो, भन्यो– धेरै प्रयास गर्दा पनि ब’चाउन सकिएन ।’ परिवारका ती सदस्यले भने ।मृ’तक श्रेष्ठ पूर्व राष्ट्रिय खेलाडी समेत हुन । उनले प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा ठेला फाल्ने प्र’तिस्पर्धामा स्वर्ण प’दक जितेका थिए ।

Related Articles

Back to top button
Close