समाचार

सप्तरीमा आरडीटी पोजिटिभ आएकोको स्वाब परीक्षणमा नेगेटिभ

यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा मङ्गलबार कोरोना पोजिटिभ देखिएका तिलाठी कोइलाडी १ र खडक नगरपालिका ११ बनौलीका जमातीहरुको पीसीआर विधिबाट भएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको स्वाब परीक्षण नेगेटिभ आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

मङ्गलबार राति राजविराजस्थित अस्पतालले आरडिटी प्रविधिमार्फत सात जना जमातीको एण्टिबडी परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । उनीहरुको स्वाब पीसीआर विधिबाट पुनः परीक्षणका लागि धरान पठाइएकोमा बुधबार रिपोर्ट नेगेटिभ आएको डा. दासले जानकारी दिए ।
मङ्गलबार परीक्षण गर्न नआएका राजविराज नगरपालिका–१० बिरौलका एक जमातीको बुधबार आरडिटी परीक्षण गरी स्वाब परीक्षणका लागि धरान पठाइएको छ । योसमेत १८ जनाको स्वाब परीक्षणका लागि धरान पठाएकोमा १७ जनाको नेगेटिभ आएको र एक जनाको रिपोर्ट बिहीबार आउने अस्पतालले जनाएको छ ।

यसैगरी अस्पतालले बुधबारसम्म २९ जनाको आरडिटी किटबाट परीक्षण गरेको छ । जसमा २७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पोजिटिभ आएका २ जनाको रिपोर्ट पिसिआर प्रविधिबाट बुधबार नेगेटिभ आएपछि सप्तरीवासीले थोरै राहत महसुस गरेका छन् ।
भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट सहभागी भइ फर्किएका आठ जना क्वारेन्टाइनमा नबसी घरमा बस्दै आएकोमा उनीहरूलाई खडक नगरपालिकास्थित क्वारेन्टाइनमा पठाइएको छ ।

Related Articles

Back to top button
Close