समाचार

बर्थडे सेलिब्रेसन : अध्यक्ष ओलीबाटै आचारसंहिता उल्लङ्घन !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफैले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै आफ्नो जन्मोत्सव मनाएका छन् । गत माघ महिनामा ओली अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरसहित नेकपाले आफ्ना सबै नेता कार्यकर्ताहरुलाई ११ बुँदे आचारसंहिता जारी गरेको थियो ।

बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘जन्मदिन’
उक्त आचारसंहिताको २ नम्बर बुँदामा जन्मदिन, व्रतवन्ध पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्ने उल्लेख छ । तर प्रधानमन्त्रीसमेत रहेका ओलीले ६९ औँ जन्मोत्सव मनाउने क्रममा बालुवाटारमा परिवारबाहेकका अन्य सदस्यहरुसमेत सहभागी छन् ।

ओलीको बर्थडे मनाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, काँग्रेस नेतृ सीता गुरुङलगायत गएका थिए ।

Related Articles

Back to top button
Close