समाचार

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्‍दै सरकारले चैत ११ देखि लकडाउन गरेकाे हाे । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म कायम राखिएको थियो ।

लकडाउन सकिनु एक दिनअघि बसेको मन्त्रिपरिषद बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ ।

Related Articles

Back to top button
Close