समाचार

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ ।

बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।

उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये हजुरआमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

Related Articles

Back to top button
Close