समाचार

भारतले तीन साता लम्ब्यायो लकडाउन

भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ । ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २६ दिनको अन्तरालमा मंगलबार बिहान चौथो पटक राष्ट्रको नाममा सम्बोधन गरे ।उनले यसै सम्बोधनमा आफ्नो जनतासँग सात कुरामा सहयोग माग गरेका छन् ।

१. घरका वृद्ध–वृद्धाको विशेष हेरचाह गर्नु२. सामाजिक दुरीलाई पूर्ण रुपमा पालना गर्नु३. आफ्नो रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुष मन्त्रालयको निर्देशन पालना गर्नु

४. कोरोना संक्रमण रोक्नका लागि आरोग्य सेतू मोबाइल एप डाउनलोड गर्न५. आफूले जति सकिन्छ, गरिब परिवारको खानाको आवश्यकता पूरा गर्न६. आफूसँग काम गर्ने कामदारलाई कामबाट ननिकाल्न७. डाक्टर, नर्स, सर–सफाईकर्मी, पुलिसलाई आदर गर्न

Related Articles

Back to top button
Close