समाचारस्वास्थ्य/ जिबनशैली

रौतहटमा नयाँ कोरोना संक्रमित भेटियो योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४

रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहाहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।

सप्तरीमा कोरोनाभाइरस जाँचका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

राजविराज नगरपालिकामा चार जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

आज आठ जना स्वास्थ्यकर्मीको चार वटा टोली बनाई विभिन्न क्वारेन्टाइनमा पठाइएको सो कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिनेछ ।

Related Articles

Back to top button
Close