समाचार

सुनसरीको मस्जिदमा भेटिए ११ भारतीय,

नसरीको बर्जु गाउँपालिकामा फेरि ११ जना भारतीय नागरिक फेला परेका छन् । त्यहाँको मस्जिदमा भेटिएका उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले इटहरी क्वारेन्टाइन पठाएको छ । प्रहरीले ११ भारतीय नागरिकसहित अर्का एक उराँव समुदायको व्यक्तिलाई इटहरी क्वारेन्टाइन ल्याएको हो ।

डेढ महिनाअघि नेपाल आएको बताउने ११ जना मुस्लिम समुदायका धार्मिक गुरुहरूलाई बर्जुको मस्जिदबाट प्रहरीले फेला पारेको हो ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । धरानमा उनीहरुको ज्वरो परीक्षण गर्नुका साथै स्वाब लिइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले बताए । डा. ऐरका अनुसार बेलुकासम्म उनीहरूको रिपोर्ट आइसक्छ ।

उनीहरुलाई प्रहरीले राती अबेर इटहरी उपमहानगरले बनाएको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइपुर्याएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले बताइन् । यसअघि नै पनि सुनसरीको इटहरी, दुहबी र हरिनगरमा रहेका मस्जिदमा गरेर ३३ जना विदेशी रहेको पत्ता लागेको थियो । यसरी भेटिने कतिपय विदेशीहरु लकडाउनको समयमा सुनसरी छिरे पनि ढाँटेर केही महिनाअघि नै आएको भन्दै बस्ने गरेका छन् ।

Related Articles

Back to top button
Close