समाचार

कैैलाली लम्कीकी ६५ वर्षीया महिलामा कोरोना पोजिटिभ

टीकापुर : कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बालकल्याण मावि भूरुवाको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। कैलालीमा परीक्षण गर्दा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्यापिड टेष्टमा नेगेटिभ देखाएको थियो।

उनी वीरगन्जमा सामान्य व्यापारको कारोवार गर्दै आएकी थिइन् । वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामाचैत्र ९ गते आएका थिए । पहिला क्यारेन्टाइनमा बस्न नमानेपनि पछि सबैले बस्न भनेपछि मानेका थिए।

Related Articles

Back to top button
Close