समाचार

बागलुङमा थप एक महिलामा द्रुत परीक्षण र्‍यापिड डा’इगोनोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ।

बागलुङ । दुई जनामा संक्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण र्‍यापिड डा’इगोनोस्टिक टेष्टमा पोजेटिभ देखिएको छ। जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा को’रोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए। र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ ।

उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्।रिपोर्ट पो’जेटिभ देखिएकी महिलाको पुनः स्वा’ब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

‘तीन दिनदेखि जारी र्‍या’पिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रि’पोर्ट पोजेटिभ देखिएको जानकारी आयो,’ प्रजिअ शैजुले भने, ‘अब शं’कास्पद महिलासहित उनको परिवार र सम्पर्ककमा भएकालाई क्वा’रेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सु’रक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौँ।’

Related Articles

Back to top button
Close