अन्तर्राष्ट्रिय समाचार

इटालीमा चाड मनाउन हतार

कोरोना भाइरसबाट तेस्रो प्रभावित मुलुक इटालीको मिलाननजिक सान डोनाटोस्थित सुपरमार्केट छिर्न इस्टर चाडको अघिल्लो दिन शनिबार लागेको लाम । लामो लकडाउन बेहोरेका इटालियनहरू महान् चाड इस्टरमा हर्षोल्लाससाथ जमघट गर्न हतारिएका छन् । यसले मत्थर हुँदै गएको कोरोना संक्रमणले पुनः व्यापकता पाउने स्वास्थ्यविदहरूले चिन्ता व्यक्त गरेका छन् । रासस

कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ। अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको हो।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो। उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ।

परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको थियो र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो।

त्यो अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्। तर उनीहरूले थप अध्ययन र तथ्याङ्क उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन्। रेम्डेसिभिर औषधीको बृहत्तर परीक्षणको परिणाम आउने केही सातामा आउन लागेको छ।

Related Articles

Back to top button
Close