मनोरंजन

रीमाको गुनासो: चिया बनाउन सिकेको हुँ, बम होइन’आफू कमाएर ल्याउने जिम्मेवारीमा भएका कारण भान्समा छिरेर पकाउन नपरेको

फेसबुक लाइभमा आएकी रीमालाई उनका शुभचिन्तकले प्रश्न सोधेका थिए, ‘क्वारेन्टाइन बसाईमा के पकाउन सिक्नुभयो ?’ यस प्रश्नको उत्तरमा उनले आफूले कालो चिया बनाउनको सिकेको बोलेकी थिइन् । जुन कुराले मिडियामा पनि स्थान पायो । त्यसपश्चात् सुरु भयो, रीमाको ट्रोलहरु ।

सामाजिक संजालमा निकै ट्रोलहरु आएपछि रीमाले फेसबुक स्टाटस नै लेखिन् । उनले आफूले कालो चिया बनाउन सिकेको कुरालाई लिएर धेरै ट्रोल नगर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।’

रीमा आफू सानै उमेरदेखि नै भान्सामा छिर्नु नपरेकाले भान्साको विषयमा खासै ज्ञान नभएको तर्क गर्छिन् । आफू कमाएर ल्याउने जिम्मेवारीमा भएका कारण भान्समा छिरेर पकाउन नपरेको उनको भनाई छ । यस विषयमा पनि रीमाको आलोचना नै भइरहेको छ ।

Related Articles

Back to top button
Close