समाचार

‘तस्बिर धमिलो देख्न थालेँ, यस्तो लाग्छ केही दिनमै आँखाको ज्योति हराउनेछ’: अमिताभ बच्चन

शनिबार एजेन्सी, बलिउडमा महानायकको रुपमा परिचित अमिताभ बच्चनले आफ्नो आँखाको ज्योति केही दिनमा नै पूर्ण रुपमा गु’म्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । अमिताभले शुक्रबार आफ्नो ब्लगमा यस्तो चि’न्ता पोखेका हुन् । अमिताभले लेखे, ‘मैले तस्बिरहरु धमिलो देख्न थालेको छु । कतिपटक सामानहरु दुईवटा पनि देख्ने गरेको छु । पछिल्ला केही दिनदेखि म यो तथ्यलाई मान्न थालेको छु कि मेरो आँखाको ज्योति ह’राउनेछ र पहिले देखि नै मभित्र चलिरहेका लाखौं रो’ग वृद्धि हुनेछन् ।’

ब्लगमा अमिताभले आफ्नो बाल्यकाल पनि याद गरे जब उनकी आमा तेजी बच्चनले आँखाको चो’ट लाग्दा कसरी उनको उपचार गर्ने गर्थिन् । अमिताभले लेखे, ‘आज मलाई ती दिन याद आइरहेका छन् जब मेरो आँखामा चो’ट लाग्दा आमाले आफ्नो साडीको सप्कोलाई डल्लो बनाएर त्यसमा फु’केर मेरो आँखामा राखिदिनुहुन्थ्यो । र स’मस्या तुरुन्त ह’ट्थ्यो । अब म आमाको यही तरिका अपनाइरहेको छु । मैले तातो पानीमा रुमाल भिजाएर आफ्नो आँखामा राखेँ ।’बिग बीले लेखे, ‘मेरा डाक्टरले मलाई विश्वास दिलाएका छन् कि उनले मलाई कहिले पनि अ’न्धो हुन दिने छैनन् ।

मैले सधैं डाक्टरको सल्लाह अनुसरण गर्दै आएको छु । उनले दिएको आ’ईड्रप हरेक घण्टा हाल्छु । उनले भनेका छन्, मेरो आँखाको ज्योति ह’राउने छैन । म आफ्नो धेरै समय कम्प्युटरको स्क्रिन अगाडि बिताउँछु र डाक्टरले यो यसैको नतिजा बताएका छन् ।र आमाको पुरानो तरिकाले निकै काम गरेको छ । अब म वस्तुहरु देख्न सक्ने भएको छु ।’

Related Articles

Back to top button
Close