समाचार

कालीगण्डकीमा हामफालेर ३५ वर्षीया देवकी थापामगरले गरिन देहत्याग

गण्डकी प्रदेशमा नदीमा हा-मफा-लेर एकको निधन र एक डु-बेर बे-पत्ता भएका छन् । निधन हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आउनुभएका ३५ वर्षीया देवकी थापामगर रहेका छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हा-मफा-लेर थापामगरको निधन भएको छ । उहाँको श-व १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मा-र्ने र पौडी खेल्ने क्रममा एक जना बे-पत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डु-बेर बे-पत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । त्यस्तै पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शि-शु मृ-तावस्थामा फेला परेको हो ।

Related Articles

Back to top button
Close