समाचार

अमेरिका एकैदिन २,०४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख नाघ्यो

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ ।संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको स्थिती निकै गम्भीर छ भने २७ हजार ३ सय १४ जना संक्रमित निको भएका छन् ।

फ्रान्समा एकै दिनभित्र ९ सय ८७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १३ हजार १ सय ९७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ७ हजार १ सय २० नयाँ संक्रमित देखिएका थिए । हालसम्म संक्रमितको कूल संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ ।संक्रमितमध्ये ७ हजार ४ जनाको अवस्था चिन्ताजनक छ । हालसम्म यहाँ २४ हजार ९ सय ३२ जना निको भइसकेका छन् ।

उता बेलायतमा पनि पछिल्लो २४ घण्टामा ९ सय ८० जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५८ पुगेको छ ।साथै एकैदिन ८ हजार ६ सय ८१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ७३ हजार ७ सय ५८ पुगेको छ ।यहाँ १ हजार ५ सय ५९ संक्रमितको अवस्था नाजुक छ भने निको हुनेको संख्या ३ सय ४४ रहेको छ ।

Related Articles

Back to top button
Close