समाचार

Breaking: रामेछापको सल्लेपानी जंगलमा भिषण आगलागी, स्थानीयको प्रयास असफल

रामेछापको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपानी जंगलमा भिषण आगलागी भएको छ । आज दिउसोबाट लागेको आगो नियन्त्रण बाहिर गएको छ । सल्ला र सालको जंगलमा लागेको आगो तीब्र गतिमा फैलिएपछि स्थानीयवासी चिन्तित भएका छन् । गुलुका स्थानीय मान बहादुर थापामगरले दिनभर आगो निभाउन गरेको प्रयास असफल भएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘गाउँले मिलेर निभाउने प्रयास त गर्यौ तर आगो फैलिदै गएपछि घर फर्कियौ ।’

जंगलमा लागेको आगो निभाउन दमकल जान सम्भव नभएपछि स्थानीयले भोली बिहानैबाट आगो निभाउन प्रयास थालिने तयारी गरेका छन् । आगो लागेकोस्थल बस्ती भन्दा टाढा रहेको छ ।

Related Articles

Back to top button
Close