समाचार

खसीको मासु किलोको अठार सयमा बेच्ने आइकालुलाई २ लाख जरिवाना

खसीको मासु अभाव भैरहेको अवस्थामा मौका छोपी प्रख्यात मासु पसल आइकालुले बढी मूल्यमा बिक्री गरेपछि कारवाही भएको छ।

अनुगमनको क्रममा नयाँ बानेश्वर शंकमुल स्थित आइकालु मासु पसलमा १८ सय रुपैयाँ प्रति किलो खसीको मासु बिक्री गरिरहेको पाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो।

शुक्रबार विभागको अनुगमन टोलीले जरिवाना गरेर सञ्चालकलाई भने छोडेको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २ लाख जरिवाना गरिएको हो।

अष्ट्रेलियामा लकडाउन उल्लंघन गरेको आरोपमा एक मन्त्रीलाई १ हजार डलर जरिवाना गरिएको छ । क्वारेन्टाइन र सोसल डिस्ट्यान्सिङको नियम उल्लंघन गरेको भन्दै त्यहाँका विशेष राज्यमन्त्री अर्थात आदिवासी मामिला र कला मन्त्री डन हार्बिनलाई १ हजार डलर जरिवाना गरिएको हो ।

क्वारेन्टाइनका बेला राजधानी सिड्नीभन्दा बाहिर गाउँमा रहेको आफ्नो घरबाट आउजाउ गरेको अरोपमा उनलाई शुक्रबार बिहान त्यहाँको प्रहरीले १ हजार डलर जरिवाना थमाइदिएको हो । प्रहरीले जरिवाना थमाउनु अघिल्लो दिन (बिहीबार) उनकै घरमा पुगेर नियम उल्लंघन गरिएको सूचना जारी गरेका थिए ।

Related Articles

Back to top button
Close