समाचार

लक डाउन खुलेको दुई दिन नबित्दै वुहानका व्यापारी प्रदर्शनमा

चीनको वुहानमा लक डाउन खुलेको दुई दिन नबित्दै व्यापारीहरू प्रदर्शनमा उत्रेका छन्।शुक्रबार साना पसलका व्यापारीहरूले भाडामा छुट गर्नु पर्ने माग राख्दै वुहानका ठूला सपिङ मलअगाडि प्रदर्शन गरेका हुन्।उनीहरू मलअगाडि एक-एक मिटरको दूरी कायम गरी मास्क लगाएर बसेका थिए। व्यापारीहरूले पनि प्ले कार्डसमेत बोकेका थिए।

‘एक वर्षको भाडा छुट वा पैसा फिर्ता गर’ भन्दै नारा समेत लगाएका थिए।एक प्रदर्शनकारीले ब्लुमबर्गसँग कुरा गर्दै साना पसल भएकाहरूलाई ९९ प्रतिशतले भाडा छुट गर्नु पर्ने बताए।

वुहानबाहिरका केही शहरहरूमा अझै पनि लकडाउन गरिएको छ। वुहानमा जनवरी २३ देखिको लक डाउन गत बुधबार ७८ दिनपछि खुलेको हो।

Related Articles

Back to top button
Close