समाचार

बाँदरबाट जोगियो, मान्छेले चुँडे

शनिबार बिहान पशुपतिनाथ मन्दिरमा पुग्दा पशुपतिनाथ रंगहीन देखियो । शिव अर्थात् पशुपतिको बहान बसाहामा एउटा पनि फूल देखिँदैन । मुख्य गेटबाट पनि फूलका थुँगा झिकिएका छन् । राता–सेता गुलाब केही बाँकै छैन ।
शनिबार बिहान पशुपतिनाथ पुग्दा पनि मानिसहरुले फूल चुँडिरहेका थिए ।

कतिपय मानिसहरू माथि–माथि आकासमा फूलका पत्रहरु फाल्दै रमाइलो गरिरहेका थिए ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बाँदरबाट फूल जोगिए पनि मानिसबाट नजोगिएको गुनासो गरे
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बाँदरबाट फूल जोगिए पनि मानिसबाट नजोगिएको गुनासो गरे ।

‘यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो,’ सदस्यसचिव डा. ढकालले भने, ‘बाँदर चढ्न सक्ने ठाउँको बरु सुुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएछ । विरक्त लाग्ने दृश्य छ ।’

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

Related Articles

Back to top button
Close